विश्वव्यापी ऊर्जा संकटबारे फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्ता गरेका छन् । उक्त कुराकानीमा म्याक्रोंले इन्धनको मूल्यवृद्धि सम्बोधन गर्न सहकार्य आवश्यक रहेकोमा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मूल्यवृद्धिको दबाब कम गर्न फ्रान्सले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग मिलेर काम गरिरहेको र जी–७ का नेताहरूसँग पनि बैठक गर्ने तयारी गरेको उनले बताएका छन् ।
ट्रम्प प्रशासनले विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्य केही कम गर्न जर्मनी र फ्रान्सलाई आपत्कालीन इन्धन भण्डार प्रयोग गर्न आग्रह गरेको छ ।
युक्रेन र इरानमा जारी द्वन्द्वका कारण पछिल्ला केही सातामा युरोपेली संघका देशहरू र अमेरिकामा इन्धनको लागत तीव्र रूपमा बढेको छ ।
प्रतिक्रिया 4