१६ असोज, काठमाडौं । आज राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य हुँदैछ ।
त्यसअघि बर्खे अधिवेशनको अन्तिम बैठक आज (शुक्रबार) बस्यो । आज रातिबाट अधिवेशन अन्त्य हुने जानकारी गराउँदै सभामुख डोलप्रसाद अर्यालले बैठक अन्त्य भएको घोषणा गरे ।
चालु अधिवेशनको अन्तिम बैठक सकिएसँगै सभामा उपस्थित भएका सांसदहरूले हात मिलाए । सँगै फोटोसेसन गराए ।
सौहार्द वातावरणमा उनीहरू अर्को अधिवेशनमा भेट गर्नेगरी बैठकबाट बाहिरिएका छन् ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार राष्ट्रपति कार्यालयमा पत्र पठाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन २८ वैशाख २०८३ सालदेखि सुरु भएको हो ।
चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन् । यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भए ।
स्वीकृत अध्यादेशहरूले संशोधन गरेका विषय समेटेर अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा आएर पास भएर ऐनमा रूपान्तरित भएका छन् ।
बर्खे अधिवेशनको अन्तिम बैठकपछि सांसदहरू–


















प्रतिक्रिया 4