+
+
Shares

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते ९:०६
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ, ६ जना घाइते भएका छन् र ३ जनालाई सकुशल उद्धार गरिएको छ।
  • राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै मंगलबार साँझ भएको दुर्घटनामा २० जनाभन्दा बढी सवार डुंगा भोज खान जाँदै थियो।
  • बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

२८ असोज, काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ ।

डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।

दुर्घटनाको कारण भने खुलिसकेको छैन ।

मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेको उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

भारतको बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीसँग कुराकानी गरी उद्धार तथा उपचार कार्यलाई तीव्रता दिन आग्रह गरेको बताएका छन् ।

केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनामा भएको मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारमा ध्यान दिन सम्बन्धित अधिकारीलाई आग्रह गरेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?