+
+
Shares

पुटिनसँग ट्रम्पको ‘डिजेल सम्झौता’ ले मध्यावधि चुनावमा पुर्‍याउँदैछ धक्का

अमेरिकी मध्याअवधि चुनाव नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको विवादास्पद ‘डिजेल सम्झौता’ ले रिपब्लिकन पार्टीभित्र गम्भीर आन्तरिक विवाद र राजनीतिक सङ्कट पैदा गरिदिएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी डिजेल आयातमा छुट दिने निर्णय गरेपछि रिपब्लिकन पार्टीभित्र गम्भीर आन्तरिक विवाद र राजनीतिक सङ्कट देखिएको छ।
  • रुसमाथि नयाँ प्रतिबन्ध ऐन पारित गरेको केही हप्तामै ट्रम्पले यु-टर्न लिँदै इन्धनको महँगी घटाउन पुटिनसँग सम्झौता गरेका हुन्।
  • रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिक, टम तिलिस, माइकल म्याककौल, सुसान कोलिन्स र लिजा मर्कोस्कीले सम्झौताको खुला विरोध गरेका छन्।
  • पिउ रिसर्च सेन्टरको सर्वेक्षणमा ४४% मतदाताले आगामी चुनाव ट्रम्पविरुद्धको जनमतसङ्ग्रहका रूपमा हेरेका छन् र १९% मात्र ट्रम्पको पक्षमा छन्।

२७ असोज, काठमाडौं । अमेरिकी मध्याअवधि चुनाव नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको विवादास्पद ‘डिजेल सम्झौता’ ले रिपब्लिकन पार्टीभित्र गम्भीर आन्तरिक विवाद र राजनीतिक सङ्कट पैदा गरिदिएको छ। रुसमाथि नयाँ प्रतिबन्ध ऐन पारित गरेको केही हप्तामै ट्रम्पले रुसी डिजेल आयातमा छुट दिने घोषणा गरेपछि आफ्नै पार्टीका सांसद तथा उम्मेदवारहरू अप्ठ्यारो स्थितिमा परेका छन्।

सम्झौताको पृष्ठभूमि र ट्रम्पको यु-टर्न

बढ्दो महँगी र इन्धनको अकासिँदो मूल्य (जुन अक्टोबर ११ सम्म प्रति ग्यालेन औसत ६.२८ डलर पुगेको छ) बाट अमेरिकी उपभोक्तालाई राहत दिन ट्रम्पले रुससँग डिजेल आयात गर्ने सहमति गरेका हुन्। तर, यस निर्णयले ट्रम्पकै अघिल्ला नीतिहरूलाई उल्ट्याइदिएको छ ।

अघिल्लो वर्ष रुसी तेल खरिद गरेको भन्दै भारतमाथि अतिरिक्त २५% भन्सार महसुल लगाएका र भर्खरै अक्टोबर २ मा जी-७ नेताहरूसँग रुसी प्रतिबन्ध जारी राख्ने प्रतिबद्धता जनाएका ट्रम्पले अहिले पुटिनसँगै हातेमालो गरेका छन्।

सम्झौताको लगत्तै ट्रम्पले डिजेलको मूल्य वृद्धिका लागि युक्रेनलाई दोषी ठहराउँदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई पदबाट हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिए।

रिपब्लिकन पार्टीभित्र तीव्र असन्तोष र विभाजन

संसद्मा बहुमत जोगाउने अन्तिम होडबाजीमा रहेका रिपब्लिकन उम्मेदवारहरूका लागि ट्रम्पको यो निर्णय ठूलो ‘राजनीतिक बोझ’ बनेको छ। पार्टीभित्र अहिले तीनवटा धार देखिएको छ – ट्रम्पको बचाउ गर्ने, उनको विरोध गर्ने वा मौन बस्ने।

रिपब्लिकन सांसद ब्रायन फिट्जप्याट्रिकले रुसी तेल खरिद रोक्न कंग्रेसमा मतदान गराउने घोषणा गरेका छन्। यस्तै, टम तिलिस, माइकल म्याककौल , सुसान कोलिन्स र लिजा मर्कोस्की जस्ता प्रभावशाली सांसदहरूले यसको खुला विरोध गरेका छन्। तिलिसका अनुसार कंग्रेसलाई पूर्वजानकारी नदिई प्रतिबन्ध हटाउनु कानुनी उल्लङ्घन हुन सक्छ।

ट्रम्पकी कट्टर समर्थक लाउरा लुमरले समेत यो सम्झौताले रुसलाई मात्र नभई इरानलाई पनि आर्थिक सहयोग पुर्‍याउने भन्दै विरोध गरेकी छन्।

ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले ट्रम्पले सधैँ आलोचकहरूलाई गलत साबित गर्दै आएको र अमेरिकीहरूको खर्च घटाउन ध्यान केन्द्रित गरेको दाबी गरेका छन्। रिपब्लिकन नेत्री अन्ना पोलिना लुना र सिनेट ह्विप जोहन बारासोले ट्रम्पको कदमको समर्थन गरेका छन्।

मध्यअवधि चुनावमा पर्ने सम्भावित प्रभाव

नोभेम्बरको चुनावलाई लिएर जारी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका लागि चिन्ताजनक सङ्केत गरेका छन्।

‘पिउ रिसर्च सेन्टर’ को हालैको सर्वेक्षण अनुसार ४४% मतदाताहरूले यस चुनावलाई ट्रम्पविरुद्धको जनमतसङ्ग्रहका रूपमा हेरेका छन् । जबकि ट्रम्पको पक्षमा मतदान गर्नेहरू केवल १९% मात्र छन्।

डाटा सेन्टरहरूको विस्तार र ट्रम्पले प्रस्ताव गरेको ५ हजार डलरको लाभांश चेक (जसले १.३ ट्रिलियन डलरको व्ययभार थप्नेछ) लाई ६३% अमेरिकीहरूले अस्वीकार गरिसकेका छन्।

टेक्ससबाट सिनेटका उम्मेदवार केन प्याक्सटनले तेलको मूल्य, इरान युद्ध र ट्रम्पका विवादित निर्णयहरूका कारण आफ्नो चुनावी स्थिति कमजोर बनेको गुप्त रूपमा स्वीकार गरेका छन्।

इन्धनको मूल्य घटाउने ट्रम्पको यो ‘अपरिपक्व दाउ’ले चुनावी मैदानमा रहेका रिपब्लिकन उम्मेदवारहरूलाई जनतासामु जवाफदेही हुन थप धकेलिदिएको छ। एक्सियोसको रिपोर्टमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?