Comments Add Comment

अन्तराष्ट्रिय समाचार

List Grid
कोभिड १९ का कारण ७४ हजार ६ सयको मृत्यु, १३ लाख ४६ हजार संक्रमित

२५ चैत, काठमाडौं । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको सख्या ७४ हजार ६ सय ७८ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् । आइतबार मृतकको संख्या घटेर केही आशा […]

कोभिड १९ : भारतमा एकै दिन २८ जनाको मृत्यु, सात सय संक्रमित

२५ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा […]

बेलायती प्रधानमन्त्री जोन्सन आईसीयूमा

२५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसोन आफ्नो मेडिकल टिमको सुझावका आधारमा आईसीयूमा सारिएका हुन् । बीबीसीका अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

२४ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार तीन सय ३५पुगेको छ । साथै समग्र संक्रमित पनि तीन लाख ४७ हजार नाघेका छन् । अहिलेसम्म अमेरिकामा करिब १९ हजार संक्रमित निको भइसकेका […]

करिब १० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउँदै जापान

काठमाडौं । जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको बताएका हुन् । साथै आबेले टोकियो सहित मुलुकका सातछ प्रान्तमा मंगलबारसम्म आपतकाल घोषणा हुने बताएका छन् । बीबीसीकाअनुसार मुलुकमा बढ्दो […]

स्पेनमा नयाँ संक्रमित लगातार घट्दै

२४ चैत, काठमाडौं । स्पेनको सबैजसो प्रान्तमा कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमितको संख्यामा लगातार कमी आएको छ । सीएनएनका अनुसार सोमबार नियमित बिफ्रिङको क्रममा स्पेनको सेन्टर फर हेल्थ इमर्जेन्सिजका प्रतिनिधि मारिया जोस सिएराले यो जानकारी दिएकी हुन् । भाइरसको महामारी कतातर्फ जान्छ भन्ने कुरा बुझ्न अझै केही समय लाग्ने उनले बताएकी छिन् । स्पेनको स्वास्थ्य […]

कोरोनासँग जुध्न भारतीय सांसद्को ३० प्रतिशत तलब कटौती

काठमाडौं । भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ । विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो । भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसद तलब कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको जनाएका छन् । उनका अनुसार, यो निर्णय अप्रिल १ देखि लागू हुनेछ । […]

६ महिना आपतकाल घोषणा गर्ने जापानको तयारी

काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको जापानी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने प्रयासस्वरूप जापानले आर्थिक प्रोत्साहन प्याकेज पनि तयार गरिरहेको रोयटर्स समाचारमा उल्लेख छ । अहिलेसम्म जापानमा तीन हजार पाँच […]

चीनमा साढे चार लाख कम्पनी बन्द

२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा चार लाखभन्दा बढी कम्पनीहरू बन्द भएका छन् । गत डिसेम्बर अन्तिम साता कोभिड–१९ देखियता चार लाख ६० हजार चिनियाँ कम्पनी बन्द भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । बन्द भएकामध्ये अधिका‌ंश कम्पनीहरू तीन वर्षदेखि सञ्चालनमा थिए । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा २६ […]

कोरोनाबाट दक्षिण एसियामा १९३ को मृत्यु, ८ हजारभन्दा बढी संक्रमित

२४ चैत, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट दक्षिण एसियामा एक सय ९३ मानिसको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांक अनुसार यो क्षेत्रमा संक्रमितको संख्या पनि आठ हजार तीन सय ४४ पुगेको छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो मुलुक भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक बनेको छ […]

इटलीमा मृत्यु हुनेको संख्या दुई साताकै कम

२४ चैत, काठमाडौं । इटलीमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुने मानिसको संख्या दुई सातायताकै कममा झरेको छ । आइतबार इटलीको सिभिल प्रोटेक्शन मिनिस्टि्रले दिएको जानकारी अनुसार २४ घण्टामा ५२५ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै इटलीमा समग्र मृत्यु हुने मानिसको संख्या पनि १५ हजार ८७७ पुगेको छ । आइतबार सार्वजनिक […]

जर्मनीमा एक लाखभन्दा बढीमा कोरोना संक्रमण

२४ चैत, काठमाडौं । जर्मनीमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार जर्मनीमा समग्र संक्रमितको संख्या एक लाख १२३ पुगेको छ । अहिलेसम्म जर्मनीमा एक हजार ५८४ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । साथै २८ हजार सात सय संक्रमित निको भएका छन् । आइतबार मात्र […]

अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस

२४ चैत, काठमाडौं । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना […]

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

२४ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या नौ हजार नाघेको छ । सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार छ सय ३३ पुगेको छ । पछिल्लो तीन दिनमा मात्र अमेरिकामा तीन हजार पाँच […]

कोभिड १९ अपडेट : साढे १२ लाख संक्रमित, ६९ हजारको मृत्यु

२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको […]

स्वास्थ्यमा समस्या देखिएपछि बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

२४ चैत, काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका हुन् । आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुुनुपर्ने […]

बेलायतमा एकैदिन ६२१ को मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बेलायतमा एकैदिन ६ सय २१ जनाको ज्यान गएको छ । योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४ हजार ९ सय ३४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको संख्या पनि बढेको छ । प्राप्त पछिल्लो विवरणअनुसार, संक्रमितको संख्या ४७ हजार ८ सय ६ पुगेको छ । पछिल्लो समय […]

भारतमा एकैदिन भेटिए ४७२ कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का चार सय ७२ जनामा नयाँ संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या तीन हजार तीन सय ७४ मा पुगेको छ । बीबीसी हिन्दीका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ जनाको कोरोना […]

ट्रम्पले भारतसँग मागे औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिन औषधि अमेरिका पठाइदिन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग सो आग्रह गरेका हुन् । बीबीसी हिन्दीका अनुसार मेडिकल विशेषज्ञले भने यो औषधि कोरोना भाइरसको उपचारमा सहयोगी हुने कुनै प्रमाण […]

स्पेनमा कोरोनाको मृत्युदर घट्यो

२३ चैत, काठमाडौं । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को कारण एकै दिनमा मृत्यु हुने मानिसको संख्यामा निरन्तर तेस्रो दिन पनि कमी आएको छ । स्पेनले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा यो भाइरसको कारण ६ सय ७४ जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार स्पेनमा यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या १२ हजार […]

चीनद्वारा बेलायतलाई तीन सय भेन्टिलेटर सहयोग

२३ चैत, काठमाडौं । चीनले बेलायतलाई तीन सय भेन्टिलेटर सहयोग गरेको छ । कोरोना रोग (कोभिड–१९) विरुद्ध प्रताडित बनेको बेलायतले चीनबाट तीन सय भेन्टिलेटर आइपुगेको जानकारी दिएको छ । भेन्टिलेटर शनिबार बेलायत पुगेको छ । डेलीमेलका अनुसार बेलायतका विदेशमन्त्री डोमिनिक राबले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चीनबाट खरिद गरिएका उक्त भेन्टिलेटरहरु आएको पुष्टि गरे । उनले आगामी […]