+
+
Shares

इरानको विस्तारवादी मानसिकताले मध्यपूर्वका समस्या निम्त्यायो : अमेरिकी विदेशमन्त्री

रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते २१:५८

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपूर्वका प्रमुख समस्याको जड इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी मानसिकता भएको आरोप लगाएका छन् ।

वासिङ्टन डीसीमा आयोजित सन् २०२६ को राष्ट्रिय वकिल सम्मेलनलाई सम्बोधन गर्दै रुबियोले मध्यपूर्वका ‘हरेक प्रमुख समस्या’ इरानका शिया धर्मगुरु र उनीहरूको विस्तारवादी सोचका कारण उत्पन्न भएको बताएका हुन् ।

यमनका हुथी विद्रोही, इराकका शिया लडाकु समूह, सिरियाका पूर्वराष्ट्रपति बसर अल असदका समर्थक तथा लेबनानको हिजबुल्लाहलाई उदाहरण दिँदै उनले यी सबैको साझा सम्बन्ध इरानसँग रहेको दाबी गरे ।

‘यो इतिहासकै एउटा असाधारण खतरा हो, जसलाई बेवास्ता गर्न सकिँदैन,’ रुबियोले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?