+
+
Shares

अमेरिकी मध्यावधि निर्वाचनको नतिजाले युक्रेनलाई थप सहयोग मिल्ने जेलेन्स्कीको आशा

जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरे त्यसले युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १९ गते १४:४०

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले सफलता हासिल गरेपछि रुससँग साढे चार वर्षदेखि जारी युद्धमा युक्रेनलाई थप सहयोग प्राप्त हुने आशा व्यक्त गरेका छन् ।

जर्मनीको टेलिभिजन च्यानल जेडडीएफसँगको अन्तर्वार्तामा जेलेन्स्कीले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदनमा नियन्त्रण कायम गरे त्यसले युक्रेनलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

‘म रिपब्लिकनप्रति पनि आभारी छु । तर डेमोक्रेटिक पार्टीले युक्रेनलाई समर्थन गर्ने र सहयोग उपलब्ध गराउने विषयमा स्पष्ट धारणा राख्दै आएको छ,’ जेलेन्स्कीले भनेका छन् ।

उनले अमेरिका र युरोपबीचको सम्बन्ध पुनः सुदृढ बनाउने विषयमा पनि डेमोक्रेटिक नेताहरूले स्पष्ट धारणा राखेको बताए ।

‘त्यसैले शक्ति सन्तुलन कायम हुने र युक्रेनले थप सहयोग प्राप्त गर्ने आशा छ,’ उनले भने ।

जेलेन्स्कीले अमेरिकाबाट थप सहयोग प्राप्त भए त्यसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि पनि प्रभाव पार्न सक्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?