अमेरिकामा हाउस अफ रिप्रेजेन्टेटिभ(प्रतिनिधिसभा) को मध्यावधि निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । न्युयोर्क, जर्जिया र साउथ क्यारोलाइनासहित विभिन्न राज्यमा आज बिहानैदेखि मतदाताले मतदान गर्न थालेका छन् ।
निर्वाचनको दिनअघि नै लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका छन् । उनीहरूसँगै आज पनि ठूलो सङ्ख्यामा मतदाता मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।
अमेरिकी समयअनुसार साँझ ६ बजे पहिलो मतदान केन्द्रहरू बन्द हुनेछन् ।
यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटका लागि मतदान हुँदैछ । सिनेटका ३३ नियमित सिटसँगै दुई विशेष निर्वाचन पनि हुँदैछन् । त्यस्तै, ३६ राज्यमा गभर्नर चयनका लागि पनि मतदान हुनेछ ।
हाल रिपब्लिकन पार्टीको प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत छ । त्यसैले डेमोक्र्याटिक पार्टीका लागि यस निर्वाचनमा दुवै सदनमा आफ्नो उपस्थिति बलियो बनाउनु मुख्य चुनौती छ ।
प्रतिक्रिया 4