+
+
Shares

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।
  • शनिबार राति करिब ९:१५ बजे अवतरण र उडान तयारीमा रहेका विमान दुई ट्याक्सीवे जोडिने स्थानमा एकआपसमा ठोक्किएका थिए।
  • घाइते दुई जनाको घटनास्थलमै उपचार गरिएको छ, र अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान सुरु गरेको छ।

२९ कात्तिक, न्युयोर्क (रासस/सिन्ह्वा)। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र उडान भर्ने तयारीमा रहेको विमान विमानस्थलका दुई ट्याक्सीवे जोडिने स्थानमा ठोक्किएका थिए।

घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी–डेड अग्नि उद्धार विभागले जनाएको छ।

कोपा एयरलाइन्सको विमान पानामा सिटीबाट मियामी आइपुगेको थियो भने यूपीएसको कार्गो विमान मियामीबाट कोलम्बियाको राजधानी बोगोटाका लागि उड्ने तयारीमा थियो।

घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?