+
+
Shares

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १२:३७

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ ।

शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुर मातहत देविस्थान सीमा सुरक्षा गुल्म बीओपी सुन्दरनगर र बीओपी कञ्जभोजबाट खटिएका तीनवटा टोलीले संयुक्त रूपमा सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा सामान बरामद गरेका हुन् ।

बरामद सामानमा ५९० केजी ओखर, ढुवानीमा प्रयोग गरिएका चारवटा साइकल रहेका छन् । ओखरको मूल्य २ लाख ९५ हजार रुपैयाँ र साइकलको मूल्य २० हजार रुपैयाँ गरी कुल ३ लाख १५ हजार रुपैयाँ बराबरको सामान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?