+
+
Shares

आम्दानीसँगै बढ्यो हिमालयन डिस्टिलरीको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी हो।
  • कम्पनीको खुद नाफा २१ करोड ४९ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ९ करोड २ लाख रुपैयाँभन्दा २.३८ गुणा बढी हो।
  • कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा पुगेको छ।

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी १ अर्ब ७ करोड रुपैयाँ बराबर थियो । आम्दानी बढेसँगै कम्पनीको खुद नाफा २.३८ गुणा बढेको छ ।

कम्पनीले पहिलो त्रैमासमा २१ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ९ करोड २ लाख रुपैयाँ थियो । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा पुगेको छ ।

पहिले ९.७९ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४९ पैसा छ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १३०२ रुपैयाँ छ । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिएको थियो । यो वर्ष लाभांश घोषणा हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?