+
+
Shares

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १२:११

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

चितवनले आजको खेलमा पाँच परिवर्तन गरेको छ । अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलान बाहिरिँदा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिर खेल्दै छन् ।

कर्णाली याक्सले १ मात्र परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा आएका छन् ।

चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?