News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले मंसिर ६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पहिलो नेपाल आउटलेट उद्घाटन गर्ने भएको छ।
- जेजीआई डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र गो टुफुड्स इन्टरनेसनलको साझेदारीमा आन्टी एन्स नेपाल भित्रिन लागेको हो।
- कम्पनीले पहिलो आउटलेटपछि निकट भविष्यमा थप आउटलेट विस्तार गर्ने योजना बनाएको छ।
२९ कात्तिक, काठमाडौं ।अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१ ९मंसिर ६० मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा पहिलो आउटलेटको उद्घाटन गर्न लागेको हो।
सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स ताजा बेक गरिएका तथा हातैले आकार दिइएका सफ्ट प्रेट्जेलका लागि विश्वभर परिचित ब्रान्ड हो। अमेरिकी खाद्य संस्कृतिमा स्थापित यस ब्रान्डको नेपाल प्रवेशसँगै नेपाली उपभोक्ताले पनि यसको विशेष स्वाद अनुभव गर्न पाउनेछन्।
जेजीआई डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र गो टुफुड्स इन्टरनेसनलबीचको साझेदारीमार्फत आन्टी एन्स नेपाल भित्रिन लागेको हो। यसअघि नेपालमा सिनाबोन र कार्भेल ब्रान्ड सञ्चालन गरिरहेको गो टुफुड्सले आन्टी एन्सको आगमनसँगै आफ्नो अन्तर्राष्ट्रिय खाद्य ब्रान्डको पोर्टफोलियो थप विस्तार गर्ने भएको छ।
नेपालमा पहिलो आउटलेट सञ्चालनमा ल्याएसँगै निकट भविष्यमा थप आउटलेट विस्तार गर्ने योजना पनि कम्पनीले बनाएको छ। यसले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका खाद्य तथा पेय पदार्थ ब्रान्डको उपस्थिति थप बढाउने अपेक्षा गरिएको छ।
जेजीआई डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राजबहादुर शाहले आन्टी एन्सलाई नेपाल भित्र्याउनु कम्पनीका लागि उत्साहजनक उपलब्धि भएको बताएका छन्। उनका अनुसार कुनै पनि उत्कृष्ट ब्रान्ड उत्पादनका कारण मात्र नभई ग्राहकलाई प्रदान गर्ने अनुभव र सम्झनाका कारण पनि स्थापित हुन्छन्।
आन्टी एन्सको ताजा बेक गरिएका प्रेट्जेल र विशिष्ट ग्राहक अनुभव नेपाली उपभोक्तामाझ प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताउँदै शाहले बौद्धमा सञ्चालन हुने आउटलेट थप विस्तारको सुरुवात मात्रै भएको उल्लेख गरेका छन्।
त्यस्तै, गो टुफुड्स इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टिभन याङले नेपाललाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्त्वपूर्ण गन्तव्यका रूपमा लिएको बताएका छन्। सिनाबोन र कार्भेलको सफलतापछि आन्टी एन्सलाई पनि नेपाली बजारमा विस्तार गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ छ।
प्रतिक्रिया 4