+
+
Shares

हरियो प्याज र लसुनको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा हरियो प्याज र हरियो लसुनको थोक मूल्य प्रतिकिलो ३४ रुपैयाँ घटेर १ सय ६६ रुपैयाँ कायम भएको छ।
  • हिजो शनिबार यी दुवै कृषि उपज प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले देखाएको छ।

२९ कात्तिक, काठमाडौं । स्थानीय बजारमा हरियो प्याज र हरियो लसुनको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई कृषि उपजको भाउ घटेको देखाएको हो ।

आज हरियो प्याज र लसुनको भाउ थोकमा प्रतिकिलो समान ३४ रुपैयाँ घटेको छ ।

हिजो शनिबार कालीमाटी बजारमा हरियो प्याज र लसुन प्रतिकिलो २ सय रुपैयाँमा किनबेच भएको थियो । आज भने यी दुवैको मूल्य १ सय ६६ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?