+

रोनाल्डोको सन्यसापछि पोर्चुगलको फराकिलो हार

२०८३ कात्तिक  २९ गते ११:०२ २०८३ कात्तिक २९ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगल डेनमार्कसँग पराजित भएको छ ।
  • स्टाडियो मुनिसिपालमा भएको खेलमा डेनमार्कका रासमस होएलन्डले दुई गोल गरे ।
  • पोर्चुगल ५ खेलबाट १२ अंकसहित समूह शीर्षमै रहँदा डेनमार्क ९ अंकसहित दोस्रो स्थानमा छ ।

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि पोर्चुगलले खेलेको पहिलो खेलमा डेनमार्कसँग ४-१ ले पराजित भएको छ ।

युइएफए नेसन्स लिग अन्तर्गत शनिबार राती भएको खेलमा पोर्चुगलका खेलाडीहरुले रोनाल्डोको सम्मानमा जर्सी नम्बर ७ लगाएर मैदान प्रवेश गरेका थिए । अनी खेलको सातौं मिनेटमा स्ट्यान्डिङ ओभेएसन पनि दिए ।

तर घरेलु मैदान स्टाडियो मुनिसिपालमा भएको खेलमा भने पोर्चुगल डेनमार्कसँग फराकिलो अन्तरले पराजित यभो ।

रोनाल्डोको सन्यसापछिको पहिलो खेलमा पोर्चुगलको प्रदर्शन बिर्सनलायक रह्यो ।

डेनमार्कका लागि रासमस होएलन्डले ५०औं र ५७औं मिनेटमा गोल गरे । पिएरे एमिल होएवर्गले ४३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यस्तै योकिम एन्डरसनले ७५औं मिनेटमा गोल गरे ।

पोर्चुगलका लागि दोस्रो हाफको इन्जुरी टाइममा बर्नार्डो शिल्भाले सान्त्वना गोल फर्काए ।

डेनमार्कसँग पराजित भएपनि लिग ए को ग्रुप फोरमा ५ खेलबाट १२ अंकसहित पोर्चुगल शीर्ष स्थानमै छ र यसअघि नै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो जितपछि डेनमार्क पनि ९ अंक जोडेर दोस्रो स्थानमा छ र क्वाटरफाइनल नजिक छ । अब समूहको अन्तिम खेलमा डेनमार्कले नर्वेसँग खेल्नेछ ।

नर्वेले पनि वेल्सलाई ३-१ ले पराजित गर्दै दोस्रो जित हात पारेको छ । नर्वेका लागि एन्टोनियो नुसा, आन्द्रेस सेल्ड्रुप र एर्लिङ हालान्डले एक-एक गोल गरे । वेल्सका डेभिड ब्रुक्सले एक गोल फर्काए । नर्वेको ५ खेलबाट ६ अंक भएको छ ।

क्रिस्टियानो रोनाल्डो युइएफए नेसन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय