+

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

२०८३ कात्तिक  २८ गते १८:४१ २०८३ कात्तिक २८ गते १८:४१

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चरिथ असलंकाको ६४ रनको मद्दतमा विराटनगर किंग्सले एनपीएलमा लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको छ ।
  • विराटनगरलाई प्लेअफ सम्भावना जोगाउन यो खेल जित्नैपर्नेछ, भने लुम्बिनीले जिते शीर्ष स्थानमा उक्लनेछ ।

२८ कात्तिक, काठमाडौं । चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए ।

विराटनगर ७०–१ को अवस्थामा हुँदा ओपनर इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जालेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरे ।

बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिँदा अभिशेषले ३ ओभरमा १५ रन मात्र खर्चिए । ट्रमपलम्यान भने महँगा बने । उनले ४ ओभरमा ५२ रन खर्चिए ।

विराटनगरलाई प्लेअफ सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने अवस्था छ । यस खेलमा पराजित भएमा विराटनगर प्लेअफ होडबाट बाहिरिनेछ ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय