+
एनपीएल :

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२०८३ कात्तिक  २८ गते १६:४० २०८३ कात्तिक २८ गते १६:४०

आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ ।

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ ।

आजको खेलमा ६ खेलमा तीन जित र तीन हारसहित ६ अंक रहेको विराटनगर प्लेअफमा पुग्न जित्नैपर्ने दबाबमा छ । यस खेलमा पराजित भएमा बाहिरिनेछ र काठमान्डु र चितवन स्वत: प्लेअफमा पुग्नेछन् ।

यस्तै, ६ खेल खेलेको लुम्बिनी भने चार जित, एक नतिजाबिहीन र एक हारसहित ९ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा छ ।

लुम्बिनी प्लेअफ पक्का गरिसकेको छ । लुम्बिनी विजयी भएमा शीर्षस्थानमा फिनिस गर्नेछ र पहिलो क्वालिफायरमा स्थान पक्का हुनेछ ।

लुम्बिनीले एक परिवर्तन गरेको छ । शमिम होसेनको स्थानमा अमेरिकी अलराउन्डर अली शेख खेल्दै छन् ।

विराटनगरले दुई परिवर्तन गरेको छ । प्रतिश जिसीको स्थानमा सुजन थपलिया खेल्दै छन् भने एन्जेलो म्याथ्युजको स्थानमा शुभम रन्जाने खेल्दै छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय