+

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

२०८३ कात्तिक  २८ गते ९:४८ २०८३ कात्तिक २८ गते ९:४८

टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूईएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी भएका छन् ।
  • नेदरल्यान्ड्सले टिजानी रेइन्जर्सको ह्याट्रिकसहित ग्रिसलाई ७–० ले पराजित गर्‍यो ।
  • सर्बियाका ड्रागोजेभिच र जिभकोभिचले रातो कार्ड पाएपछि टोलीले ९ खेलाडीमा रहेर खेल समाप्त गरेको थियो ।

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् ।

फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो ।

सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि जर्मनीले अग्रता लिएको थियो । त्यसपछि फ्लोरिन विर्ट्जले १४औं र ब्राजन ग्रुडाले ५०औं मिनेटमा गोल गरे । सर्बियाका लागि स्रजान बाबिचले ५६औं मिनेटमा एक गोल फर्काए ।

ड्रागोजेभिचले ७६औं र जिभकोभिचले ८९औं मिनेटमा रातो कार्ड पाएपछि सर्वियाले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

यस्तै टिजानी रेइन्जर्सको ह्याट्रिक मदतमा नेदरल्यान्ड्सले ग्रिसलाई ७–० को फराकिलो अन्तरले हरायो ।

जाभी हर्नान्डेजको डच टोलीलाई फराकिलो जित दिलाउने क्रममा रेइन्जर्सले १२औं, १८औं र ३३औं मिनेटमा गोल गरे । त्यसअघि समरभिलले छैटौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जस्टिन टिम्बरले ४०औं र ५९औं मिनेटमा गोल गरे भने डोनयेल मालानले ६१औं मिनेटमा एक गोल थपे ।

लिग ए अन्तर्गत ग्रुप टु मा रहेको नेदरल्यान्ड्स ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ८ अंसकिहत ग्रिस दोस्रो स्थानमा छ ।

यस्तै यसै समूहमा रहेको जर्मनी दोस्रो जितपछि ८ अंक जोडेर तेस्रो स्थानमा छ ।

यूईएफए नेसन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय