News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिगको तेस्रो सिजनअन्तर्गत शुक्रबार जनकपुर बोल्ट्सले टस जितेर चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको छ।
- जनकपुरले अनिल साहको स्थानमा सन्तोष कार्कीलाई टोलीमा राखेको छ भने चितवनले डान मोस्लीको स्थानमा डाविड मलानलाई फर्काएको छ।
- जनकपुरलाई जित्नैपर्ने दबाब छ भने पराजित भए चितवन बाहिरिनेछ र जिते पनि अन्य टोलीको नतिजामा निर्भर हुनुपर्ने छ।
२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो।
आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरले लगातार असफल हुँदै आएका अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा राखेको छ।
त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको छ । डान मोस्लीको स्थानमा डाविड मलान टिममा फर्किएका छन् ।
आज जनकपुरलाई जित्नैपर्ने दबाब छ । पराजित भएमा चितवन बाहिरिनेछ । जितेमा पनि अन्य टोलीको नतिजामा समेत भर पर्नुपर्ने छ ।
हाल जनकपुर ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । ४ अंक भएको अर्को टोली कर्णाली याक्स हो जसले चितवनसँगै खेल्न बाँकी छ ।
५ खेलमा ५ अंक रहेको चितवनले आजपछि कर्णालीसँग पनि खेल्न बाँकी रहेकाले ९ अंकसम्म पुग्ने अवस्थामा छ ।
आजको खेलमा चितवन विजयी भएमा कर्णाली याक्स पनि एक खेल अगावै बाहिरिनेछ ।
उक्त अवस्थामा चितवन, काठमान्डु र विराटनगरमध्ये दुई टोली प्लेअफमा पुग्ने समीकरण बन्नेछ ।
पोखरा एभेन्जर्स यसअघि नै बाहिरिसकेको छ भने लुम्बिनी र सुदुरपश्चिम प्लेअफमा पुगिसकेका छन् ।
प्रतिक्रिया 4