News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको मध्यावधि निर्वाचनलाई अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भनेका छन्।
- ट्रम्पले चुनावी हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता जनाउँदै नागरिकलाई ‘अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ’ भने।
- डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदन नियन्त्रणमा लिएपछि ट्रम्पले स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ बनाएका छन्।
२३ कात्तिक, वासिङ्टन । यो वर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार टिप्पणी गरेका छन् ।
उनले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो भएर फर्कने प्रतिबद्धता व्यक्त गरेका छन् ।
डेमोक्र्याटहरूले गत मङ्गलबारको मध्यावधिमा कंग्रेसका दुवै सदनहरू कब्जा गरे जसले ट्रम्पको रिपब्लिकन पार्टीलाई दशकौँदेखि प्रभुत्व जमाएका राज्यहरूमा ऐतिहासिक क्षति पुर्याएका छन् ।
ट्रुथ सोशलमा एक पोस्टमा राष्ट्रपति ट्रम्पले भने, ‘गत चुनावको परिणामले अमेरिकालाई इतिहासमा ठूलो प्रतिगमनतर्फ अघि बढाएको छ।’
‘अमेरिकी नागरिक नडराऊ हामी पहिले भन्दा ठूलो र बलियो भएर फर्कनेछौँ,’ उनले भने।
रिपब्लिकन सांसदहरूले असफलतामा राष्ट्रपति ट्रम्पलाई जिम्मेवार बताइरहेका समय राष्ट्रपति ट्रम्पले अझ कडा कदम चाल्दै पछि नफर्कने सङ्केत गरेका छन्। उनले शुक्रबार कट्टरपन्थी सल्लाहकार स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफको जिम्मेवारी दिए ।
डेमोक्र्याटहरूले ट्रम्प प्रशासनलाई जवाफदेही बनाउने र ट्रम्पको कडा आप्रवासन नीतिका वास्तुकार मिलरको विरूद्ध ‘आगामी बाटोको हरेक कदममा लड्ने’ प्रतिबद्धता व्यक्त गरेका छन्। एएफपी
प्रतिक्रिया 4