+
+
Shares

अमेरिकाले इरानमा स्थलमार्गहरू अवरुद्ध गर्न गठन गर्‍यो कार्यदल

अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्री ढुवानी हुने स्थलमार्ग रोक्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ।
  • सेन्टकमका अनुसार इरानी बन्दरगाहमा लगाइएको नौसेना नाकाबन्दीले इरानलाई २५ अर्ब डलरभन्दा बढी कच्चा तेल निर्यात गर्नबाट रोकेको छ।
  • इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कर्प्सले वासिङटनको पछिल्लो आर्थिक नाकाबन्दी प्रयास ‘असफल हुने’ बताएको छ।

२२ कात्तिक, वासिङटन (रासस/एएफपी)। अमेरिकी सेनाले इरानमा हतियार र अवैध सामग्रीको ढुवानीमा प्रयोग हुने स्थलमार्गहरू अवरुद्ध गर्ने उपाय खोज्न २० सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेको छ ।

यी प्रतिबन्धहरूले दुई देशबीचको आठ महिने युद्धका क्रममा इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दीलाई अझ विस्तार गर्नेछ।

युद्धमा तेहरानले पनि महत्वपूर्ण होर्मुज जलमार्गमा यातायात प्रतिबन्ध लगाएर विश्वव्यापी ऊर्जा आपूर्तिलाई असर पारेको थियो।

कार्यदलको कामले ‘इरानको आतङ्कवादलाई वित्तपोषण गर्ने, हतियार कारखाना पुनर्निर्माण गर्ने र आफ्नो सैन्य क्षमता पुनःपूर्ति गर्ने क्षमतालाई थप सीमित गर्नेछ,” अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख ब्राड कूपरले शनिबार एक्समा पोस्ट गरेको वक्तव्यमा उल्लेख छ ।

फ्लोरिडा कायौलय रहेको नागरिक र सैन्य कर्मचारीहरूको यो टोलीले अमेरिकी सरकारी निकायहरूसँग समन्वय गर्दै ‘उन्नत हतियार प्रणाली, दोहोरो प्रयोग प्रविधि, प्रतिबन्धित सामग्री र अवैध आम्दानीका स्रोतहरूलाई इरानका भूमि सीमा र क्यास्पियन सागर हुँदै आवतजावत गर्नबाट रोक्ने’ काम गर्ने वक्तव्यमा जनाइएको छ।

इरानको इस्लामिक रिवोल्युसनरी गार्ड कप्र्सले भने वासिङटनको यो पछिल्लो प्रयास ‘असफल हुने’ बताएको छ। यसले इस्लामिक गणतन्त्रको आर्थिक पतन ल्याउन नसक्ने बताएको दाबी इरानको छ ।

“संयुक्त राज्य अमेरिकाले विभिन्न नाम र योजनाहरूमार्फत अगाडि बढाउन खोजेको आर्थिक नाकाबन्दी कहिल्यै लागू गर्न सक्दैन,” गार्डका प्रवक्ता होसेन मोहेबीलाई उद्धृत गरी फार्स न्यूज एजेन्सीसँग भनेको छ।

“अमेरिकीहरूले इरानको अर्थतन्त्रलाई चरम आर्थिक दबाब दिएर पतन र विघटन गराउने आफ्नो उद्देश्य हासिल गर्न सक्ने छैनन्”, मोहेबीले थपे, ‘अमेरिका इरान र छिमेकी देशहरूबीचका सञ्चार माध्यमहरूलाई ‘अवरुद्ध गर्न असमर्थ’ हुनेछ ।”

सेन्टकमले इरानी बन्दरगाहहरूमा लगाइएको नौसेनाको नाकाबन्दीले ‘इरानलाई २५ अर्ब डलरभन्दा बढी कच्चा तेल निर्यात गर्नबाट रोकेको’ बताएको छ । अगस्टमा वासिङटनले इरानको पहिले नै थलिएको अर्थतन्त्रलाई थप साँघुरो बनाउन ‘आर्थिक श्वासरोधन’ अभियान घोषणा गरेको थियो ।

यी उपायहरू तेहरानले हर्मुज जलमार्गमा लगाएको नाकाबन्दीको प्रतिक्रियास्वरूप थिए । इरानी बलहरूले अनुमतिबिना पार गर्न खोज्ने जहाजहरूलाई नियमित रूपमा होर्मुजमा निशाना बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?