+
+
Shares

जापानकी प्रधानमन्त्री ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्, जुन प्रधानमन्त्री बनेपछि उनको पहिलो चीन भ्रमण हुनेछ।
  • उहाँले नोभेम्बर १६ देखि १९ सम्म आसियान बैठक र एपेक शिखर सम्मेलनमा भाग लिएर व्यापार, लगानी र ऊर्जा सुरक्षाबारे जापानको धारणा प्रस्तुत गर्नुहुनेछ।
  • चीन भ्रमणअघि ताकाइची मनिलामा हुने आसियान बैठक र जापान, अमेरिका, भारत तथा अस्ट्रेलिया सहभागी क्वाड बैठकमा पनि सहभागी हुनेछिन्।

२७ कात्तिक, टोकियो (रासस/एएफपी) । जापानकी प्रधानमन्त्री साने ताकाइची आगामी हप्ता चीन र फिलिपिन्सको भ्रमणमा जाने भएकी छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो चीन भ्रमण हुनेछ । भ्रमणका क्रममा क्षेत्रीय आर्थिक सहकार्य, व्यापार तथा चीनसँगको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

उपमुख्य मन्त्रिपरिषद् सचिव मसानाओ ओजाकीका अनुसार ताकाइचीले नोभेम्बर १६ देखि १९ सम्म दुई देशको भ्रमण गरी दक्षिणपूर्वी एसियाली राष्ट्र सङ्घ (आसियान) सम्बन्धी बैठक र एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिनेछिन्।

एपेक सम्मेलनमा व्यापार, लगानी, क्षेत्रीय आर्थिक एकीकरण, ऊर्जा सुरक्षा र डिजिटल अर्थतन्त्रका विषयमा जापानको धारणा प्रस्तुत गरिने ओजाकीले बताएका छन्। सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुने सम्भावना रहे पनि औपचारिक द्विपक्षीय बैठक हुने सम्भावना कम रहेको विश्लेषकहरूको भनाइ छ ।

गत महिना ताकाइचीले चीनलाई महत्त्वपूर्ण छिमेकी बताउँदै स्थिर र सकारात्मक सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। यसअघि ताइवानसम्बन्धी उनको अभिव्यक्तिपछि चीनले जापान भ्रमणबारे आफ्ना नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको थियो ।

चीन भ्रमणअघि ताकाइची फिलिपिन्सको राजधानी मनिलामा हुने आसियान बैठकमा सहभागी हुनेछिन्। सोही अवसरमा जापान, अमेरिका, भारत र अस्ट्रेलिया सम्मिलित क्वाड बैठक पनि आयोजना हुने ओजाकीले जानकारी दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?