+
+
Shares

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा कार डिभाइडर र विद्युत् खम्बामा ठोक्किएर आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ।
  • पानीपत–खटिमा सडकखण्डको जगहेडी ओभरब्रिज नजिक भएको दुर्घटनामा घाइते भएकालाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो।
  • मृतक सबै हरियाणाको हिसार निवासी रहेको समाचारमा उल्लेख छ।

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो ।

त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि कारमा आगलागी भएको थियो । आगलागीमा परी घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्‍याएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भई उपचारका क्रममा मृत्युका सबै हरियाणाको हिसार निवासी रहेका समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?