News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको उत्तर प्रदेशस्थित हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ जना कामदारको मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते भएका तीन जना कामदारको उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
- जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी घटनाबारे अनुसन्धानको आदेश दिएका छन् ।
१५ जेठ, काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु भएको छ । बिहीबार अबेर राति निर्माण कार्य चलिरहेका बेला पुल खस्दा कामदारहरूको मृत्यु भएको हो ।
मृतकहरुमध्ये दुई जना हमीरपुर र चार जना बान्दा जिल्लाका रहेका छन् ।
पुलको भग्नावशेषमा पुरिएका तीन कामदारलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्याइएको छ ।
दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मानकलाई लिएर सवाल उठिरहेका छन् । जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेर अनुसन्धानको आदेश दिएका छन् ।
बिहीबार राति उत्तर प्रदेशका कयौं भेगमा तीव्र आँधी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले मौसम खराब रहने चेतावनी जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4