News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलर सैन्य सहायता चालू वर्षभित्रै बन्द गर्ने घोषणा गरेका छन्।
- इजरायली राष्ट्रपति आइज्याक हर्जोगले ट्रम्पको निर्णयलाई 'आकाशबाट चट्याङ परे जस्तै' भन्दै आगामी २०२८ सम्मको एमओयू भन्दा दुई वर्षअघि सहायता रोकिँदा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
- इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले निर्णयबारे स्पष्टीकरण खोजिरहेको बताए भने उपराष्ट्रपति जेडी भान्सले इजरायलप्रतिको समर्थन 'विषाक्त' नभएको जिकिर गरेका छन्।
२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले ट्रम्पको यो निर्णयलाई ‘आकाशबाट चट्याङ परे जस्तै’ (लाइक अ बोल्ट फ्रम द ब्लु) भएको टिप्पणी गरेका छन्।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटको ‘यासार’ पार्टीका नेताहरूसँगको छलफलका क्रममा राष्ट्रपति हर्जोगले अमेरिकाले सन् २०२८ सम्मका लागि गरेको औपचारिक समझदारी (एमओयू) भन्दा दुई वर्षअघि नै सहायता रोक्ने खबरले आफूलाई गम्भीर चिन्तित बनाएको बताए ।
उनले बारम्बारको निर्वाचन प्रक्रिया छाडेर तत्काल स्थायित्वका लागि नयाँ सरकार गठन हुनुपर्नेमा जोड दिए।
ट्रम्पको घोषणा र इजरायलका लागि अमेरिकी राजदूतको प्रतिक्रिया
राष्ट्रपति ट्रम्पले फक्स न्युज सँगको चुनावी अन्तर्वार्तामा इजरायल अब समृद्ध भइसकेकाले उसलाई थप सहायता नचाहिने बताएका थिए,’अरू सबैलाई जस्तै इजरायललाई किन ४ अर्ब डलर दिइरहने ? इजरायल हाम्रो नम्बर एक सहयोगी हो, हामीले अरू कसैलाई भन्दा बढी सहायता दियौँ, तर अब उनीहरूलाई यसको आवश्यकता छैन।’
इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले च्यानल १२ सँग कुरा गर्दै यो निर्णयबारे स्पष्टीकरण खोजिरहेको बताए। उनले इजरायलसँगको साझेदारीले अमेरिकीहरूको जीवनमा पनि ठूलो लाभ पुर्याएको दाबी गरे।
उपराष्ट्रपति जेडी भान्सले इजरायलप्रतिको अत्यधिक सहयोगका कारण रिपब्लिकनहरूले मध्यावधि चुनाव हारौँ भन्ने अभिव्यक्तिको खण्डन गर्दै हकाबीले रुढीवादी र रिपब्लिकन खेमामा इजरायलप्रतिको समर्थन ‘विषाक्त’ नभएको जिकिर गरे।
प्रतिक्रिया 4