+
+
Shares

आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते ८:५५

२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्‍याएका छन् ।

यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले जसमध्ये सबैभन्दा ठूलो खतरा इरान भएको बताए ।

सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा नेतान्याहुले आइजेनकोटसँगको आफ्नो कुराकानीले देशको सुरक्षाका लागि राष्ट्रिय एकताको सरकार गठन आवश्यक छ भन्ने कुरामा आफूलाई थप विश्वस्त बनाएको बताएका छन् ।

इरानी शासन इजरायललाई ध्वस्त पार्न चाहेको र आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्न खोजिरहेको नेतान्याहुको दाबी छ ।

नेतान्याहुले यो खतरालाई सदाको लागि हटाउन आवश्यक रहेको बताए ।

‘सीमित समर्थनमा भर पर्ने वा आतंकवादी समर्थकहरूमा भर पर्ने सरकारले यो चुनौतीको सामना गर्न सक्दैन,’ उनले भनेका छन् ।

उनले प्रस्तावित राष्ट्रिय एकता सरकारमा इजरायललाई यहुदी जनताको राष्ट्रको रूपमा मान्यता दिने दलहरूलाई मात्र समावेश गर्ने बताए ।

नेतान्याहुका प्रतिद्वन्द्वी तथा विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनमा सरकार गठन गर्ने प्रयास गरिरहेका छन्।

उनले अन्य दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन तत्काल निर्णय लिन अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?