इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले नयाँ सैन्य क्षमताको धम्की दिएर कूटनीति अघि बढाउन खोजेको आरोप लगाएका छन् ।
उनले अमेरिकाले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न युद्ध गरेको दाबी गरेपनि युद्धको पहिलो दिन नै इरानको लामेर्दस्थित खेलकुद हलमा आक्रमण गर्न प्रेसिजन स्ट्राइक मिसाइल (पीआरएसएम) प्रयोग गरेको बताए ।
उक्त आक्रमणमा २१ जना सर्वसाधारणको मृत्यु भएको थियो ।
पेजेस्कियानले इरानको भूमिगत आणविक केन्द्रमा आक्रमण गर्न अमेरिकाको रक्षा मन्त्रालयले ‘मदर अफ अल बम्स’ अर्थात् सबैभन्दा शक्तिशाली बम प्रयोग गर्नेबारे विचार गरिरहेको भन्ने अमेरिकी सञ्चारमाध्यमका समाचारप्रति पनि आपत्ति जनाएका छन् ।
‘यो कुनै विरोधाभास होइन, बरु लज्जास्पद कुरा हो,’ उनले भनेका छन्, ‘विश्व शान्ति र सुरक्षालाई कसले धम्की दिइरहेको छ ?’
उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो ।
They waged war, claiming to stop Iran acquiring nuclear weapons. Then they used the PrSM missile in Lamerd for the first time. Now they invoke the “Mother of All Bombs” to pursue diplomacy through threats. No contradiction, but a disgrace. Who threatens global peace and security?
— Masoud Pezeshkian (@drpezeshkian) November 11, 2026
प्रतिक्रिया 4