+
+
Shares

अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन

राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १८:४५

राजनीतिक खर्चको निगरानी गर्ने संस्था ओपनसेक्रेट्सका अनुसार यस वर्षको मध्यावधि निर्वाचनमा कुल खर्च ११ अर्ब ९३ करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अमेरिकी इतिहासकै सबैभन्दा महँगो मध्यावधि निर्वाचन हुनेछ ।

अनुमानअनुसार डेमोक्र्याटिक पार्टीले ५ अर्ब ५२ करोड डलर, रिपब्लिकन पार्टीले ५ अर्ब १२ करोड डलर र स्वतन्त्र उम्मेदवार तथा समूहहरूले १ अर्ब ३० करोड डलर खर्च गर्नेछन् ।

सन् २०२२ को मध्यावधि निर्वाचनमा कुल ८ अर्ब ९४ करोड डलर खर्च भएको थियो । त्यसको तुलनामा यस वर्षको निर्वाचनमा खर्च करिब एकतिहाइले बढ्ने देखिएको छ ।

सन् २०२६ को मध्यावधि निर्वाचनभन्दा बढी चुनावी प्रचारप्रसारमा खर्च भएका निर्वाचन केवल दुईवटा छन् ।

ती सन् २०२० र २०२४ का राष्ट्रपतीय निर्वाचन हुन् । दुवै निर्वाचनमा करिब १५ अर्ब अमेरिकी डलर खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?