+
+
Shares

आजदेखि सञ्चालनमा ल्याइयो नयाँ विद्युतीय खरिद प्रणाली

पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले बन्द गरी कागजी प्रणालीबाट ठेक्का लगाइरहेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आजदेखि उच्च सुरक्षा जोखिम देखिएको पुरानो प्रणाली बन्द गरी नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएको छ ।
  • सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्ता मात्र नयाँ प्रणालीमा दर्ता हुन पाउने छन् ।
  • सबै सार्वजनिक निकायले निर्माण र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बोलपत्र यही प्रणालीमार्फत प्रकाशन र मूल्यांकन गर्नुपर्ने छ ।

१७ कात्तिक, काठमाडौं । सरकारले आजदेखि नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा ल्याएको छ ।

पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले बन्द गरी कागजी प्रणालीबाट ठेक्का लगाइरहेको थियो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार नयाँ विद्युतीय खरिद प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरू मात्र दर्ता हुन पाउने छन् ।

सबै सार्वजनिक निकायले निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र यस प्रणाली मार्फत मात्र प्रकाशन गर्नुपर्ने छ ।

सबै सार्वजनिक निकायले निर्माण कार्य र मालसामान खरिदका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बोलपत्र प्रस्ताव बोलपत्रदाता र आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमध्ये कुनै एक माध्यमबाट दाखिला गर्न सक्नेछन् ।

सार्वजनिक निकायले बोलपत्र खुला तथा मूल्यांकन विद्युतीय खरिद प्रणाली मार्फत गर्न सक्नेछन् । हार्डकपी मार्फत दाखिला भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मूल्यांकन प्रतिवेदनमा उल्लेख गर्नुपर्ने छ । कार्यालयले ११ भदौदेखि पुरानो प्रणाली बन्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?