+
+
Shares

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १६:१७

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन् । गत साता अमेरिकामा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको धक्कापछि वासिङ्टनको धारणा परिवर्तन हुने हो कि भन्ने प्रतीक्षामा इरान रहेको उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले पनि इरानमाथि अमेरिका र इजरायलले गरेको युद्ध आफ्नै पार्टीको चुनावी पराजयको एउटा प्रमुख कारण बनेको स्वीकार गरेका छन् ।

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् ।

उनले इरानको दुईदिने प्रस्ताव अझै कायम रहेको उल्लेख गर्दै युद्धका सबै मोर्चामा अन्त्य गर्नेसहितका सर्त पूरा गरे परिणाम देखिने बताएका छन् ।

‘सर्तहरू पूरा गर्नुहोस्, जसमा सबै मोर्चामा युद्ध अन्त्य गर्ने विषय पनि समावेश छ । त्यसपछि परिणाम देख्नुहुनेछ । अन्यथा युद्ध रोज्नुहोस्, हाम्रा सतर्क र युद्धको अनुभवले खारिएका योद्धाहरूले कस्तो जवाफ दिन सक्छन् भन्ने पनि देख्नुहुनेछ,’ अराघचीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?