+
+
Shares

बंगलादेशमा हसिनाको पार्टीका कार्यकर्ता सडकमा उत्रिए, तोडफोड र आगजनी

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते २१:५०

बंगलादेशको गोपालगञ्जमा अवामी लिगका नेता, कार्यकर्ता तथा समर्थकले विरोध प्रदर्शन गरेका छन् । बंगलादेश सरकारले उक्त पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको छ ।

स्थानीय पत्रकारका अनुसार दिनभर चलेको प्रदर्शनमा सहभागी कतिपयले धारिलो हतियार र लाठी बोकेका थिए ।

बीबीसी बंगलाका अनुसार प्रदर्शनकारीले जिल्ला अवामी लिगको कार्यालय कब्जा गरेका छन् । उनीहरूले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा समेत आगजनी गरेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीको एउटा गाडीसमेत जलाइएको समाचारमा उल्लेख छ ।

प्रदर्शनकारीले गोपालगञ्ज सरकारी कलेजको नामपाटी हटाएर त्यसको स्थानमा ‘सरकारी बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखेका थिए ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि अवामी लिग नेतृत्वको शेख हसिनाको सरकार ढलेको थियो । त्यसपछि उक्त कलेजको नाम परिवर्तन गरी गोपालगञ्ज सरकारी कलेज राखिएको थियो ।

त्यस्तै, गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयको हादी चत्तरमा राखिएको नामपाटीसमेत तोडफोड गरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रदर्शनका भिडियोमा सहरमा प्रहरीको उपस्थिति देखिन्छ । प्रदर्शनकारीले प्रहरीको निगरानीमा ¥याली निकाल्नुका साथै सडक अवरुद्ध गरेका थिए ।

जिल्ला प्रहरीले भने घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?