+
+
Shares

सोनम वाङ्चुकको दाबी : मलाई घरमै नजरबन्दमा राखियो

उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते ७:४३

२७ कात्तिक, काठमाडौं । लद्दाखका जलवायु अभियन्ता सोनम वाङ्चुकले आफूलाई घरमै नजरबन्दमा राखिएको दाबी गरेका छन् ।
उनले इन्स्टाग्राममा एउटा भिडियो पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले भनेका छन् ,‘ मेरो घर वरिपरि दर्जनौं हतियारधारी सुरक्षा गार्डहरू तैनाथ छन् । मलाई सरकारले घरमै बस्न सल्लाह दिएको छ ।’

वाङ्चुकले गत वर्ष लेहमा भएको मृत्युको बारेमा न्यायिक अनुसन्धान आयोगको प्रतिवेदनमा भएको ढिलाइ र कडा जाडोको बीचमा हतारमा परिषद्को चुनाव सम्पन्न गरेकोमा प्रश्न उठाएको बताए ।

उनले लद्दाखभरि विरोध प्रदर्शन भइरहेको दाबी गरे।

वाङ्चुकले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्नो एक्स, इन्स्टाग्राम र युट्युब खाताहरूमा पहुँच गम्भीर रूपमा प्रतिबन्धित गरिएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?