२६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागका अनुसार ब्रुकलिनमा बुधबार साँझ उक्त भवन भत्किएको थियो । जुन भवन सन् १९३० मा निर्मित भएको थियो । जसमा चारवटा फ्ल्याटहरू थिए ।
भग्नावशेषबाट बाँचेकाहरूको खोजीका लागि कुकुरसहित दर्जनौं अग्नि नियन्त्रकहरू खटिएका थिए ।
ड्रोनबाट लिएको तस्वीर अनुसार उक्त भवनको छेउमा रहेको निर्माण स्थलमा रहेको भग्नावशेष खाल्डोमा खसेको देखाइएको छ ।
स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूले घाइते हुनेहरूमा निर्माण कामदारहरू पनि रहेको आशंका गरिएको छ ।
-बीबीसीको सहयोगमा
प्रतिक्रिया 4