इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य आक्रमण वा प्रतिबन्ध थप्दैमा युद्ध अन्त्य नहुने बताएका छन् । युद्ध अन्त्य गर्न सम्मानको भाषा प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।
इरानको सरकारी समाचार संस्था इरनालाई दिएको अन्तर्वार्तामा अराघचीले अमेरिकालाई इरानका माग र सर्त पूरा गर्न आग्रह गरेका छन् । उनले इरानले प्रस्तुत गरेको दुईदिने योजनामा समावेश सर्तहरू अझै पनि वार्ताका लागि खुला रहेको बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा आफ्नो कुनै पनि उद्देश्य हासिल नगरेको र हासिल गर्न पनि नसक्ने कुरा धेरैअघि नै बुझ्नुपर्ने अराघचीको भनाइ छ ।
अमेरिकाको मध्यावधि निर्वाचनमा ट्रम्पको दलले बेहोरेको पराजयको प्रसंग उल्लेख गर्दै उनले अमेरिकी जनताले इरानसँगको युद्धको विरोध गरेको र इजरायलको समर्थनमा अमेरिकालाई निरन्तर युद्धमा सहभागी गराउन नचाहेको सन्देश ट्रम्पले बुझ्नुपर्ने बताए ।
अराघचीले प्रतिबन्ध र आर्थिक दबाबको बाटो गलत भएको महसुस गर्न ट्रम्पलाई धेरै समय नलाग्ने पनि टिप्पणी गरेका छन् ।
प्रतिक्रिया 4