+
+
Shares

गाजाको नासिर अस्पतालमा इजरायली आक्रमणको १८ मुस्लिम राष्ट्रद्वारा निन्दा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २८ गते १९:२९

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, इजिप्ट, टर्की र पाकिस्तानसहित १८ मुस्लिम बहुल राष्ट्रले गाजास्थित नासिर मेडिकल कम्प्लेक्समा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गरेका छन् ।

खान युनिसस्थित नासिर अस्पतालमा भएको उक्त आक्रमणमा एक शल्यचिकित्सक र एक बालकसहित कम्तीमा ६ प्यालेस्टिनीको मृत्यु भएको थियो । मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै आक्रमणले अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको र बिरामी तथा स्वास्थ्यकर्मीको जीवन जोखिममा पारेको बताएका छन् ।

उनीहरूले विस्थापित प्यालेस्टिनीमाथि इजरायलले निरन्तर गरिरहेको आक्रमणको पनि निन्दा गरेका छन् । यस्ता आक्रमणले गाजामा जारी युद्धविरामलाई कमजोर बनाइरहेको उनीहरूको भनाइ छ ।

इजरायलले गाजामा मानवीय सहायता सामग्री, औषधि तथा जाडोबाट बच्न आवश्यक अस्थायी आवासका सामग्री प्रवेशमा रोक लगाइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

जाडो मौसम नजिकिँदै गर्दा पर्याप्त आश्रयस्थलको अभाव तथा खानेपानी, सरसफाइ र स्वास्थ्य सेवाको अवस्था बिग्रिँदै जाँदा बालबालिका र शिशुहरू थप जोखिममा पर्ने उनीहरूले चेतावनी दिएका छन् ।

विदेशमन्त्रीहरूले इजरायललाई युद्धविरामको पालना गर्न, मानवीय सहायता सामग्रीको निर्बाध आपूर्ति सुनिश्चित गर्न र युद्धविराम सम्झौताअन्तर्गत गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

त्यस्तै, उनीहरूले गाजामा प्रवेश गर्ने मानवीय सहायता सामग्रीमाथिको प्रतिबन्ध हटाउन इजरायललाई दबाब दिन अमेरिकी सरकार र बोर्ड अफ पिसलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?