+
+
Shares

कक्रोचको प्रदर्शन अघि युट्युबर ध्रुव राठी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १०:३१

२४ असोज, काठमाडौं । भारतको कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ दिल्लीसँग जोडिएको हरियाणा राज्यको गुरुग्राम सहरबाट प्रहरीले शनिबार बिहान युट्युबर ध्रुवलाई पक्राउ गरेको हो ।

उनलाई गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको बीबीसीले जनाएको छ । शुक्रबार बेलुकी ध्रुवले सामाजिक सञ्जालमा इन्डिया गेटनजिकै घुम्दै गरेको भिडियो राखेका थिए । ‘म दिल्ली आइसकेको छु । प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेशन बन्द गरेको मैले पाएँ,’ उनले भिडियोमा भनेका थिए, ‘कयौं ट्रेन र बस रद्द गरिएको छ । प्रदर्शनका कारण दिल्लीलाई लकडाउन गरिँदैछ ।’

बीबीसीका अनुसार दिल्ली प्रहरीले प्रदर्शनमा सहभागी हुन जुट्दै गरेका कयौं प्रदर्शनकारीलाई हिरासतमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?