१३ असोज, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नवौँ कार्यकालको तल्लो सदन स्टेट डुमाको सभामुख पदका लागि भियाचेस्लाभ भोलोडिनको उम्मेदवारीलाई समर्थन गरे। पुटिनले हालै सम्पन्न चुनावमा संसदीय सीट जितेका दलका नेताहरूसँगको बैठकमा यस्तो समर्थन जनाए।
बैठकमा बोल्दै पुटिनले भने, “मेरो तर्फबाट, म आगामी कार्यकालको स्टेट डुमाको सभामुखका लागि भियाचेस्लाभ भोलोडिनको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दछु।”
आठौँ स्टेट डुमाको सभामुखका रूपमा भोलोडिनले सदनको काम प्रभावकारी रूपमा सञ्चालन गरेको पुटिनले उल्लेख गरे। भोलोडिनको नेतृत्वका कारण सदनको वातावरण सिद्धान्तनिष्ठ र व्यावसायिक बनेको पुटिनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4