+
+
Shares

सोनाम वाङ्चुकले दिए भारत सरकारलाई २४ घण्टे अल्टिमेटम

वाङ्चुकले सरकारले २४ घण्टाभित्र पनि पक्राउ परेकाहरूलाई रिहा नगरे आफू शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १८:१८

भारतीय शिक्षा तथा पर्यावरण अभियन्ता सोनम वाङ्चुकले हिरासतमा लिइएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न भारत सरकारसँग माग गरेका छन् । शनिबार इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् ।

‘केही समयअघि फर्किएपछि आज दिल्लीमा धेरै जनालाई पक्राउ गरिएको थाहा पाएँ,’ उनले भिडियो वक्तव्यमा भनेका छन्, ‘पक्राउ पर्नेमा विद्यार्थी नेता, युवा नेता, वकिल, पत्रकार र सांसदसमेत छन् ।’

उनले अगाडि भने, ‘हिजोसम्म विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिइनेछ भन्ने लागेको थियो । तर अहिले देशभर अघोषित आपत्काल लागू भएजस्तो देखिन थालेको छ ।’

वाङ्चुकले सरकारले २४ घण्टाभित्र पनि पक्राउ परेकाहरूलाई रिहा नगरे आफू शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

उनले धर्ना, अनशन वा पदयात्रामध्ये कुनै पनि माध्यमबाट विरोध प्रदर्शन गर्न सक्ने बताएका छन् । यस्तो प्रदर्शन दिल्ली वा लेहमध्ये जुनसुकै स्थानमा हुन सक्ने उनको भनाइ छ ।
नयाँदिल्लीमा भारतीय मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै ककरोच जनता पार्टी(सीजेपी)ले आजबाट प्रदर्शन आह्वान गरेको छ । जसलाई रोक्न भारत सरकारले व्यापक धरपकड सुरु गरेको छ । त्यसैविरुद्ध वाङ्चुकको यो बयान आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?