+
+
Shares

चालकसँग सवारी दुर्घटना नगराउने प्रतिबद्धता लिँदै प्रहरी

यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न  जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने फरक अभियान थालेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज २४ गते १८:०४

२४ असोज, सुर्खेत । चाँडपर्वकै बेला नेपालमा ठूलठूला सवारी दुर्घटना हुने गरेका छन् । हरेक वर्षजसो हुने ती दुर्घटनाले ठूलै मानवीय क्षति गर्ने गरेको छ ।

यसवर्ष चाँडपर्व नजिकिँदै गर्दा त्यस्ता सवारी दुर्घटना न्यूनीकरण गर्न  जिल्ला प्रहरी कार्यालय जाजरकोटले भने फरक अभियान थालेको छ ।

प्रहरीले सवारी चालकहरूलाई राखेर सडक सुरक्षा सम्बन्धी सचेतना दिँदै ‘म सवारी दुर्घटना नगर्ने प्रतिबद्धता जनाउँदछु’ नामक अभियान नै चलाइरहेको छ ।

अभियानअन्तर्गत सर्वसाधारणलाई सवारी दुर्घटना नगर्ने प्रतिबद्धतासहित हस्ताक्षर गराएर सडक सुरक्षाप्रति जिम्मेवार बन्न प्रेरित गराउने प्रहरीको प्रसास छ ।

चाँडपर्वका बेला यात्रुको आवतजावत बढ्ने र सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले दुर्घटनाको जोखिम रहने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्धिसागर पुरीले बताए । सोही कारण सम्भावित दुर्घटना रोक्न यो अभियान थालिएको उनले जानकारी दिए ।

चालकलाई सचेतनासहित प्रतिबद्धता लिइँदै

प्रहरीले सञ्चालन गरेको यो अभियानमा चालक र सर्वसाधारणलाई सडक सुरक्षा सम्बन्धी सचेतना अभियानसमेत चलाइएको डीएसपी पुरीले जानकारी दिए । सो क्रममा सवारी दुर्घटनामा हुनसक्ने त्रुटिहरूबारे पनि जानकारी दिइने उनको भनाइ छ ।

सो क्रममा चालकलाई सवारी चलाउँदा ट्राफिक नियम पालना गर्ने, लापरबाही नगर्ने र सुरक्षित यात्रालाई प्राथमिकता दिने विषयमा पनि अभिमुखिकरण प्रदान गरिने प्रहरीले जनाएको छ ।

त्यसपछि चालकहरूसँग ‘म सवारी दुर्घटना नगर्ने प्रतिबद्धता जनाउँदछु’ भन्दै लिखित प्रतिबद्धता प्रहरीले लिइरहेको छ ।

यो अभियानले सडक दुर्घटना घटाउने प्रहरीको अपेक्षा छ ।

नागरिकसँग पनि अपेक्षा

प्रहरीले चाँडपर्वका बेला सडक यात्रा गर्ने आम नागरिकलाई पनि सुरक्षा सचेतना अभियानमा समेटेको छ । सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीको सक्रियतासँगै नागरिकको सहयोग र सहभागिता पनि आवश्यक रहेको डीएसपी पुरीले बताए ।

सडक सुरक्षाप्रति नागरिकको जिम्मेवारीबोध बढाउने र सम्भावित दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणमा नागरिक सहयोगको अपेक्षा प्रहरीले राखेको प्रहरीको भनाइ छ ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?