+
+
Shares

कैलाली र कपिलवस्तुमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु, २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते ८:३७

१७ साउन, काठमाडौं । कैलाली र कपिलवस्तुमा गएराति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार धनगढी ६ कि २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मोटरसाइकल चालक कैलालीकै गोदावरी नगरपालिका ८ का ३६ वर्षीय विनोद चौधरी घाइते छन् । उनको कैलालीमै उपचार भइरहेको छ ।

कपिलवस्तुमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा जिपको टक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पछाडि सवार एक युवती घाइते भएकी छिन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–०० १ च २०५४ नम्बरको स्कर्पियो जिपले विपरीत दिशातर्फ जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई गएराति ११ बजे ठक्कर दिएको थियो ।

घाइते भएका मोटरसाइकल चालक शिवराज नगरपालिका २ हल्लानगरका १८ वर्षीय शिखर विकको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा गएराति पौने १२ बजे मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकल पछाडि सवार सोही ठाउँकी २१ वर्षीया शोभा सेर्पालीलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

जिप चालकलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?