News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको इटहरीमा गएराति विद्युत् कार्यालयको भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परी ३२ वर्षीय चालक बिर्खबहादुर राई र ४९ वर्षीय सुमन आचार्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।
- प्रहरीका अनुसार घाइते पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
३० असार, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको हो । दुवै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका भ्यानमै सवार धरान उपमहानगरपालिकाका-२० बस्ने ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4