+
+
Shares

शान्तिपूर्ण आवाज दबाएर दिल्ली प्रहरी भारतको बदनाम गर्दैछ : अभिजीत दीपके

‘विरोधको आवाज दबाएर र शान्तिपूर्ण प्रदर्शनकारीमाथि कारबाही गरेर दिल्ली प्रहरीले संस्था र देश दुवैको बदनाम गरिरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते २०:१५

भारतको ककरोच जनता पार्टी(सीजेपी) संस्थापक अभिजीत दीपकेले शनिबार जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गरेको कारबाहीलाई लिएर दिल्ली प्रहरीको आलोचना गरेका छन् ।

उनले दिल्ली प्रहरीले केन्द्रीय गृहमन्त्री अमित शाहका मानिसजस्तो व्यवहार गर्न बन्द गर्नुपर्ने बताएका छन् । लगातार दोस्रो दिन जन्तरमन्तरसम्म पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

त्यसबारे टिप्पणी गर्दै दीपकेले एक्समा लेखेका छन्, ‘विरोधको आवाज दबाएर र शान्तिपूर्ण प्रदर्शनकारीमाथि कारबाही गरेर दिल्ली प्रहरीले संस्था र देश दुवैको बदनाम गरिरहेको छ ।’

उनले नागरिकको शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई कसरी सहज बनाउने भन्ने विषयमा दिल्ली प्रहरीले मुम्बई प्रहरीबाट सिक्नुपर्ने बताएका छन् ।

शुक्रबार मुम्बईमा भएको प्रदर्शनपछि दीपकेले मुम्बई प्रहरीलाई धन्यवाद दिँदै प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?