+
+
Shares

यमनमा गहिरिँदै मानवीय संकट, करिब दुई लाख मानिस विस्थापित

यसअघि युनिसेफले सार्वजनिक गरेको तथ्यांकअनुसार यमनमा एक लाख ३४ हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २२:०३

यमनमा पछिल्लो समय बढेको तनावका कारण आन्तरिक रूपमा विस्थापित हुने मानिसको संख्या एक लाख ९८ हजार पुगेको त्यहाँको सरकारले जनाएको छ ।

यमनमा आन्तरिक रूपमा विस्थापित भएका मानिसका शिविर व्यवस्थापन इकाइका अनुसार बुधबारसम्म एक लाख ९७ हजार ९०६ जना आधिकारिक रूपमा दर्ता भएका छन् । उनीहरू २९ हजार ५१९ परिवारका सदस्य हुन् ।

इकाइले जारी सैन्य तनाव, प्रत्यक्ष गोलाबारी र बिग्रँदो सुरक्षा अवस्थाका कारण ‘बलपूर्वक विस्थापनका घटनाहरू थप गम्भीर बन्दै गएको’ जनाएको छ ।

यी अवस्थाले सर्वसाधारणको जीवन र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको पनि इकाइको भनाइ छ ।

विस्थापितमध्ये सबैभन्दा धेरै ताइज प्रान्तमा छन् । त्यहाँ ९७ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

त्यसपछि लहज प्रान्तमा ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यसअघि युनिसेफले सार्वजनिक गरेको तथ्यांकअनुसार यमनमा एक लाख ३४ हजार मानिस आन्तरिक रूपमा विस्थापित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?