+
+
Shares

बाँध भत्किएपछि जलेश्वर जलमग्न

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

रासस रासस
२०८३ असोज १५ गते २१:५०

१५ असोज, महोत्तरी । बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा मडै बस्ती नजिक रातु नदीको बाँध भत्किदा जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

मङ्गलबार नै भत्केको बाँधबाट पानी झर्दै बुधबार साँझदेखि जलेश्वरमा पानी पसेको हो । निकास नहुँदा पानी जम्दै गएर आज बजारक्षेत्र जलमग्न भएको छ ।

जलेश्वर–१ नगरपालिकाचोकदेखि हटिया क्षेत्रमा जताततै पानी छ । तीन ठाउँमा भत्किएको बाँधले मडै, गोरीगमामा खेत काटेर नोक्सान गरेको छ ।

‘बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गरेको छ,’ महोत्तरी–६ गोरीगमाका किसान भोला महतोले भने, ‘बाढीले पोटाउने बेलाको धान लडाएर सोत्तर बनाएको छ ।’

गत वर्ष पनि वन्चौरीमा बाँध फुटेको थियो । जलेश्वर डुबानमा परेपछि यातायातका साधन चलाउन अप्ठ्यारो भएको छ । हिँडडुल गर्न पनि असजिलो भएको जलेश्वर–१ का विनोद पासवानले बताए ।

बाढी नगरक्षेत्रमा पसेपछि भत्किएको ठाउँमा तत्काल मर्मतसम्भार र जलेश्वर पुछारमा पानी निकासको प्रबन्ध थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

बाढी पसेपछि महोत्तरी गाउँपालिकाका रतबारा, मडै र गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली नोक्सान भएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?