News Summary
Generated by OK AI. Editorially reviewed.- महोत्तरीको जलेश्वरमा १३ वैशाखका दिन आँधीहुरीसँगै आएको असिना पानीले बजार क्षेत्र जलमग्न बनेको छ।
- जलेश्वर नगरका चोकहरू र सडकहरू डुबानमा परेपछि पैदल हिँडडुल र सवारीसाधन सञ्चालनमा समस्या आएको छ।
- सरकारी तथा गैरसरकारी कार्यालय परिसरमा पानी पसेर जलमग्न भएको र ढल निकासको अभावले डुबान समस्या बढेको स्थानीयले बताएका छन्।
१३ वैशाख, महोत्तरी । आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न बनेको छ ।
पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शङ्कर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोकलगायत स्थान जलमग्न बनेको छ ।
जलेश्वर नगरभित्रका प्रायःजसो सडक डुबानमा परेपछि सडकमा पैदल हिँडडुल गर्न समस्या भएको छ । सडकमा सवारीसाधन गुडाउन समेत नसकिएको स्थानीयले बताएका छन् ।
्सदरमुकामस्थित सरकारी तथा गैरसरकारी कार्यालय परिसर पानी पसेर जलमग्न बनेको छ ।
जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत यहाँ बजार क्षेत्र डुबानमा पर्ने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4