१५ असोज, अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट २३ वर्षीय युवा नेता हलिम खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
उनी ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।
सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी २०७४ सालमा नेपाल विद्यार्थी संघको नगर सदस्यबाट राजनीतिमा प्रवेश गरेका थिए ।
उनी नेपाली कांग्रेस प्रचार–प्रसार विभाग लुम्बिनी प्रदेशका सदस्यसमेत हुन् । १४औँ महाधिवेशनमा उनी देशकै कान्छा क्षेत्रीय प्रतिनिधिका रूपमा चर्चामा आएका थिए ।
कांग्रेसको विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवामध्ये दुई जना खुला र एक जना महिला गरी तीन जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने व्यवस्था गरिएको छ ।
यही प्रावधानअन्तर्गत खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया 4