+
+
Shares

वर्षाले माइतीघर क्षेत्र जलमग्न (तस्वीरहरू)

अविरल वर्षापछि सडक जलमग्न हुँदा सवारीसाधन आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई हिँड्डुल गर्न समेत कठिनाइ भएको छ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन ३ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण काठमाडौंको माइतीघर क्षेत्र जलमग्न हुँदा सवारी आवागमन प्रभावित बनेको छ।
  • ढल व्यवस्थापनको अभावमा हरेक पटक वर्षा हुँदा माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको छ।
  • महानगर र ट्राफिक प्रहरीले डुबानमा फसेका सवारीसाधन निकाल्ने काम गरिरहेको महानगरले जनाएको छ।

४ साउन, काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ।

अविरल वर्षापछि सडक जलमग्न हुँदा सवारीसाधन आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई हिँड्डुल गर्न समेत कठिनाइ भएको छ।

सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

ढल व्यवस्थापन राम्रो नभएका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको छ ।

डुबानमा परेका सावरीसाधनलाई ट्राफिक प्रहरी र महानगरको सहयोगमा बाहिर निकाल्ने काम भइरहेको महानगरले जनाएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?