+
+
Shares

संखुवासभामा ज्येष्ठ नागरिकलाई घरमै लालपुर्जा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त तथा वृद्धवृद्धालाई घरमै पुगेर जग्गाधनी पूर्जा वितरण गरिएको छ।
  • विशेष नापी कार्यालय चैनपुरले द्वन्द्वकालमा अभिलेख नष्ट भएका जग्गाधनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा प्रदान गरेको हो।
  • कार्यालय प्रमुख हरिशरण नेपालले सेवाग्राहीको सहजताका लागि गाउँमै पुगेर पूर्जा हस्तान्तरण गर्ने प्रतिबद्धता बमोजिम कार्य गरिएको बताए।

३ साउन, संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको छ ।

विशेष नापी कार्यालय चैनपुरले नक्सानाप सकिएका चैनपुर–१० मा अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई घरमै पुगेर लालपुर्जा वितरण गरेको हो ।

द्वन्द्वकालमा अभिलेख जलेर नष्ट भएका चैनपुर नगरपालिका–१० का अशक्त जेष्ठ नागरिक र वृद्धवृद्धालाई नापनक्सा तथा कानुनी प्रक्रिया सकिएपछि घरमै पुगेर लालपुर्जा वितरण गरेको हो ।

अशक्त जेष्ठ नागरिक र वृद्ध वृद्धा जग्गाधनीहरुको घरमै पुगेर जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रतिबद्धता बमोजिम चैनपुर —१० का विभिन्न गाउँबस्तीमा पुगेर धनीपूर्जा हस्तान्तरण गरिएको विशेष नापी कार्यालय चैनपुरका प्रमुख हरिशरण नेपालले बताए ।

वृद्धवृद्धा तथा अशक्त जेष्ठ नागरिक सेवाग्राहीलाई कार्यालयसम्म आउन झन्झटिलो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरेको उनको भनाइ छ ।

चैनपुर —१० तोरीबारीका ९४ वर्षीय गणेशबहादुर भण्डारी, हातिसुडेका ९० वर्षीय धनबहादुर दर्जी र ८४ वर्षीया बुद्धिमाया जिमी, सल्लेरीका ८० वर्षीय बृद्धिमाया राई, खराङका ८७ वर्षीय निरप्रसाद काफ्ले, ७५ वर्षीय भरत शाक्य र ७३ वर्षीया चन्द्रमाया तामाङलाई घरमै पुगेर लालपुर्जा प्रदान गरिएको नेपालले बताए ।

१४ वैशाख २०५९ सालमा तत्कालीन माओवादी द्वन्द्वका क्रममा चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी हुँदा जिल्लाका चार स्थानीय तहका दर्ता श्रेस्ता (मोठ) तथा अन्य महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए ।

१३ माघ २०७६ सालको मन्त्रिपरिषद्को निर्णयले पुनः नापजाँच गरी सोको पुनःस्थापना गर्नका लागि विशेष नापी कार्यालय चैनपुर स्थापना गरिएको थियो ।

विशेष नापी कार्यालयले २ वटा नापी टोलीमार्फत चैनपुर नगरपालिका क्षेत्रमा नाप नक्सा तथा जग्गा दर्ताको कार्य गरी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?