News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको राजापुर नगरपालिकाका बासिन्दाले ८५ वर्षसम्म लालपुर्जा नपाएको विषयमा सांसद रन्जित कर्णले राष्ट्रिय सभामा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।
- सांसद कर्णका अनुसार राजापुरका ५ हजार २३५ घरधुरी लालपुर्जाको माग राख्दै विगत ४३ दिनदेखि आन्दोलनमा छन् ।
- २०८० सालमा नापी कार्यालयले जग्गा नापी गरी लालपुर्जा वितरण गर्ने सूचना जारी गरे पनि हालसम्म कार्यान्वयन नभएको उहाँले बताउनुभयो ।
१५ असार, काठमाडौं । सप्तरीको राजापुरका नगरपालिकाका नागरिकले बसोबास गरेको ८५ वर्षसम्म लालपुर्जा नपाएको विषय संसद्मा उठेको छ ।
नेपाली कांग्रेसका सांसद रन्जित कर्णका अनुसार राजापुर नगरपालिकाका नगरवासीहरू ४३ दिनदेखि आन्दोलनमा छन् ।
‘त्यहाँ ७० विगाहा जग्गा र ५ हजार २३५ घरधुरीले ८५ वर्ष भइसक्यो उहाँहरूले लालपुर्जा पाउनुभएको छैन,’ सांसद कर्णले आइतबार राष्ट्रिय सभाको बैठकमा भने ।
नेपाल सरकारले यसमा कुनै चासो नदेखाएको उनले बताए । २०८० सालमा लालपुर्जा वितरण गर्ने भनेर नापी कार्यालयले सूचना निकालेको स्मरण गरे । तर पछि यो बीचमा यत्तिकै रोकिएको बताए ।
सम्पूर्ण जग्गाधनीलाई लालपुर्जा वितरण गर्न उनको माग रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4