२५ असोज, काठमाडौं । चर्चित युट्युबर ध्रुव राठीले प्रहरीले आफूलाई अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू भारतीय नागरिक भएको स्पष्ट पारेका छन्।
भिडियोमा आफ्नो पासपोर्ट देखाउँदै राठीले भनेका छन्, ‘यो मेरो पासपोर्ट हो र म एक भारतीय नागरिक हुँ अनि भारतीय नै रहनेछु। म विदेशी पासपोर्ट होल्डर हुँ र प्रोटेस्टमा सामेल हुन सक्दिनँ भन्ने कुरा सरासर झूठ हो। म भारतीय नागरिक हुँ र मेरा पनि त्यति नै अधिकार छन्, जति कुनै एक आम नागरिकका हुनुपर्छ।’
घटनाको विवरण दिँदै राठीले असोज २४ गते बिहान ७ बजेतिर आफ्नो घरमा साधारण पोशाकका मानिसहरू छिरेको बताएका छन्। आफ्नी आमालाई धक्का दिएर बेडरूममा पसेका मानिसहरूले आफूलाई घिसारेर लगेको उनले दाबी गरेका छन् ।
‘म यहाँ किडन्याप शब्दको प्रयोग गर्दैछु किनभने यो कुनै अरेस्ट वा डिटेन होइन। डिटेन त तब हुन्थ्यो यदि म प्रोटेस्टमा जान्थेँ। अरेस्ट तब हुन्थ्यो यदि कुनै पुलिसवाला आउँथ्यो, आफ्नो वर्दी देखाउँथ्यो, नेम प्लेट देखाउँथ्यो’, उनले भनेका छन्।
घरबाहिर ५० भन्दा बढी मानिसहरू उभिएका र उनीहरूले आफूलाई अपराधीलाई जस्तै घिसारेर लगेको राठीले बताए। सो क्रममा आफूलाई धेरै चोट लागेको र फोन खोसिएकाले भिडियो खिच्न नपाएको उनले बताएका छन्। उनले प्रहरीले आफूलाई वकिल वा फोनको पहुँच नदिई करिब २२(२३ घण्टासम्म राखेको बताए।
देशको वर्तमान अवस्थाप्रति प्रश्न उठाउँदै उनले भनेका छन्, ‘के तपाईंले कुनै पनि लोकतान्त्रिक देशमा यस्तो भएको सुन्नुभएको छ जहाँ कुनै कानून नतोडेको, सत्य र देशहितका लागि आवाज उठाएको र राम्रो निर्वाचन आयोगको माग गरेको आम नागरिकलाई बेडरूमबाट अपहरण गरियोस्रु उसका आमाबुबालाई हातपात गरियोस् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई डिक्टेटरसिप बनाएको आरोप राठीले लगाएका छन्। उनले हालको अवस्थालाई अनअफिसियल इमर्जेन्सीको संज्ञा दिएका छन्। सीजेपी नेताहरूसहित ७ हजार मानिसहरूलाई डिटेन गरिएको र यस्ता घटना इमर्जेन्सी वा उत्तर कोरियामा मात्र हुने उनले बताए ।
राठीका अनुसार अहिले पनि १५ जनाभन्दा बढी मानिसहरूले उनलाई निगरानीमा राखेका छन्। उनले आफूलाई अघोषित हाउस अरेस्टमा राखिएको दाबी गरे ।
प्रतिक्रिया 4